विराटनगरको पोखरिया माविलार्ई ‘एक्सिलेन्स अवार्ड’

सोमबार, ०१ साउन २०८०
  विराटनर । विराटनगर महानरपालिका ३ स्थित पोखरिया माविलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी रहेको पोखरिया माविलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो । पोखरिया माविले सामुदायिका शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ्गमा अध्ययन हुँदै आएको छ । अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । सामुदायिक विद्यालयतर्फ पोखरिया माविले विशिष्ट स्थान हासिंल गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार