कार्यक्रममा आकाश इन्स्टिच्युटका कार्यकारी संचालक गोपाल निरौलाले शैक्षिक दायरा फराकिलो बनाउन आफूहरूले शैक्षिक परामर्श दिइरहेको बताए ।
उच्च शिक्षा अध्ययन गर्दा कुन विषय र कुन ठाउँमा अध्ययन गर्ने भन्ने विषयमा परामर्शका क्रममा प्रष्ट पारिएको उनले बताए ।
‘हामीले विकट ठाउँबाट आएका, शारीरिक अशक्त विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर अध्यापन गराउँदै आएका छौँ,’ निरौलाले भने, ‘खासगरी हामीले नेपालमै अध्ययन गर्न चाहने वा विदेश गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि अध्ययनमा सहजीकरण गर्दै आएका छौँ ।’
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोखरेल, हिसान केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, प्रदेश उपाध्यक्ष गणेश दुलाल, प्याब्सन सुनसरी उपाध्यक्ष नेलशल ढकाल, अनन्त सुवेदी, खेमराज बास्तोला, केशव खड्का लगायत शिक्षाकर्मीहरूले मन्तव्य राखेका थिए ।
उनीहरूले इटहरी शैक्षिक हब बन्दै गएको र इटहरीले जुनसुकै विषय पढाउन पनि सक्षम भएको बताएका थिए । कार्यक्रम इन्स्टिच्युटका कमल तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया