निवासमै पुगेर गगनले मागे प्रकाशमान सिंहसँग भोट

मंगलबार, ०५ पुस २०७९
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन भोली हुदै छ । जसमा प्रधानमन्त्री तथा पार्टी सभापति समेत रहेका शेरवहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा हुदै छ । दुबै नेताहरु पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पार्न कसरतमा गरिरहेका छन् । यसैबीच संस्थापनइतर पक्षबाट संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापा पार्टी नेता प्रकाशमान सिंह निवास पुगेका छन् । महामन्त्रीसमेत रहेका थापासँग शेखर कोइरालासमेत मंगलबार साँझ सिंह निवास चाक्सीबारी पुगेका हुन् । संसदीय दलको निर्वाचनका लागि थापासँगै पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सिंह भने हालसम्म कुनै पक्षमा खुलेका छैनन् । थापा र कोइरालाले भोलि हुने निर्वाचनमा आफूहरूलाई सघाउन सिंहसँग आग्रह गरेका छन् । यता सिंहको सचिवालयले भने उनले हालसम्म कसैको पक्षमा नखुलेको र देउवा र थापा मध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा नै रहेको बताएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार