तक्षशीला प्रोग्रेसिभ इङ्लिस १७ वर्षअघि स्थापना भएको हो । तर, नयाँ व्यवस्थापनमा विगत ६ महिनादेखि सञ्चालनमा रहेको छ ।
बेलायतको क्याम्ब्रिजसंगै तक्षशीला ब्रिटिश काउन्सिलसंग पनि आवद्ध भएको छ । आफू ब्रिटिश काउन्सिलको एम्बासेडर भएको एकेडेमिक डाइरेक्टर डा. जोसेफले बताए ।
त्यस्तै सो विद्यालय भारत आन्ध्र प्रदेशको एस. आर. एम. युनिभर्सिटीसँग पनि आवद्ध भएको छ भने स्वीडेनको लिटल आइन्सटाइनसँग आवद्धता जनाएको तक्षशीलाले आगामी सरस्वती पूजादेखि मन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।
तक्षशीलाले क्लिनिक, विज्ञान प्रयोगशाला, सुविधासम्पन्न मल्टिपर्पोज हल पनि निर्माण गर्न लागेको जनाएको छ । तक्षशीलामा अध्ययनरत विद्यार्थीहरुका लागि बीएण्डसी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट गराउने सहमति भएको डा.जोसेफले जानकारी दिए ।
प्रतिक्रिया