आर्टिफिसियल इन्टेलिजेन्स वर्कसपमा भाग लिन एस्पायर कलेजका विद्यार्थी धुलिखेल प्रस्थान

शुक्रबार, १२ साउन २०८०
विराटनगर । दक्षिण कोरिया सरकारले व्यवस्थापन गरेको लुपिक प्रोजेक्टसॅंग सहकार्य गरेर काठमाडौं विश्वविद्यालयले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित कार्यशालामा सहभागी हुन एस्पायर कलेजका, काठमाडौं विश्वविद्यालय बीटेकएडआइटी कार्यक्रममा अध्यनरत विद्यार्थीहरू धुलिखेल प्रस्थान गरेका छन् । बीटेकएडआइटीका कोअर्डिनेटर खेमनाथ खतिवडाको नेतृत्वमा ३० जना विद्यार्थी सहितको टोली धुलिखेलतर्फ प्रस्थान गरेको हो । धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयमा सम्पन्न हुने कार्यक्रममा कोरियन विश्वविद्यालय प्रोफेसर, विद्यार्थी, कोरियाबाट आएका विद्यार्थी, काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र कम्प्युटर साइन्सका प्रोफेसर लगायतको सहभागितामा गोष्ठी सम्पन्न हुने छ । उक्त कार्यशाला गोष्ठीमा आर्टिफिसियल इन्टेलिजेन्स इन रिवायरिङ एजुकेशनसँग् सम्बन्धित विषयमा तालिम तथा गहन छलफल हुनुका साथै नेपाल र कोरियाका विद्यार्थीहरु बिच अनुभवको समेत आदानप्रदान समेत हुने छ । एस्पायर कलेजका प्रमुख सि. एम. बस्नेतका अनुसार लुपिक प्रोजेक्ट अन्तर्गत गत बर्ष विद्यार्थीहरु सिन्धुलीको कार्यशालामा समेत सहभागी भएको, सम्पुर्ण विद्यार्थीहरुले ४०% छात्रवृत्ति समेत प्राप्त गर्न सकेको, कोरियन विश्वविद्यालयका प्रोफेसरले विराटनगर समेत भ्रमण गरेको र विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न कार्यपत्र तथा उनीहरुको आइटीप्रतिको लगाव देखेर पुनस् कोरियन विश्वविद्यालयसँगको सहकार्यमा ३ दिने कार्यशालामा सहभागी हुन विद्यार्थीहरु धुलिखेल प्रस्थान गरेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार