विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता मनिषकुमार खवासले खासगरी दूषित वातावरणका कारण पछिल्लो समय आँखाका बिरामी बढेको बताए ।
आँखाका बिरामी भएको अवस्थामा चिसो पानीले सफा राख्ने, अरु मानिसभन्दा केही परै बस्ने, आफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने सुझाव दिए ।
शिविरमा आएका बिरामीहरूले चस्मा लगाउनुपर्ने अवस्था रहेमा एक हजार दुई सय बराबर निःशुल्क हुने, मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अवस्थामा लेन्स, औषधि, ल्याब टेस्ट लगायत छुट हुने, छड्के आँखाको अप्रेसन गर्नुपनरेमा १२ हजारसम्मको छुट वा उपचार हुने खवासले बताए ।
प्रतिक्रिया