धनकुटा । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि पुरुषोत्तम एजुकेसन फाउण्डेसन कन्सल्टेन्सीले जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
अबोर्ड स्टडी इन्फर्मेसन शेयरिङ कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई विदेशमा अध्ययन सम्बन्धी जानकारी दिइएको हो ।
कार्यक्रमको सहजीकरण युवा शैक्षिक परामर्शदाता कुशल पोखरेलले गरेका थिए ।
उनले विदेश पढ्न जाँदै गर्दा गर्नुपर्ने कुरा, ध्यान दिनुपर्ने पक्षहरु एवं विभिन्न पक्षबारे विस्तृतमा जानकारी गराएका थिए ।
अस्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, इटाली जस्ता मुलुकहरुमा जाँदा ध्यान दिनुपर्ने कुराबारे उनले प्रष्ट्याएका थिए ।
कार्यक्रमका अवसरमा सहभागी विद्यार्थीहरुले विदेशमा अध्ययनका क्रममा चाल्नुपर्ने प्रक्रिया, ध्यान दिनुपर्ने विषयहरुका बारेमा जिज्ञासा राखेका थिए ।
सहजकर्ता र कार्यक्रम आयोजक संस्थाका प्रतिनिधिले विद्यार्थीका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
प्रतिक्रिया