इटहरी । विश्वविद्यालय अनुदान आयोगले दिने भनिएको छात्रवृत्ति नदिइएको भन्दै विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् ।
आयोगले इन्जिनियरिङ अध्ययन संस्थानका चार आंगिक क्याम्पसका विभिन्न संकायका विद्यार्थीलार्य छाज्ञवृत्ति दिने भनेको थियो ।
त्यसअनुसार कम्प्यटुर, इलेक्ट्रिकल, सिभिल र मेकानिकल अटोमोबाइलका प्रत्येक संकायका ४८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने योजना ल्याइएको विद्यार्थीहरुको भनाइ छ ।
त्यस अनुसार चार वर्ष अध्ययन गर्दाको सेमेस्टर शुल्क र निर्वाह खर्चवापत वार्षिक ६० हजार रुपैयाँ दिने भनिएको थियो ।
त्यसवापत विद्यार्थीहरुले तीन वर्ष सरकारले खटाएको ठाउँमा सातौँ तहको तलबसहित काम गर्नुपर्ने उल्लेख थियो ।
त्यसो भनिए पनि विद्यार्थीले हालसम्म आफ्नो ट्रान्सक्रिप्ट नै पाउन नसकेको जनाएका छन् ।
यसैगरी आयोगले भनेअनुसारको जागिर दिनेबारे पनि केही नखुलाइएको र बेवास्ता गरिएको उनीहरुको भनाइ छ ।
विद्यार्थीहरुले आफूले अध्ययन गरेको सर्टिफिकेट पाउनुपर्ने साथै आयोगले घोषणा गरेअनुसार सुविधा दिइनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया