जनता क्याम्पस सञ्चालक समिति अध्यक्षमा विकास केसी

सोमबार, २२ साउन २०८०
इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा विकास केसी चयन भएका छन् । शनिबार भएको निर्वाचनमा १३ जना निर्वाचित भएका थिए । उनीहरूलाई सोमबार क्याम्पस परिसरमा पदस्थापन गराएको थियो । पदस्थापनलगत्तै बसेको सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । निर्वाचित मध्येका जेष्ठ दिनेशकुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएपछि केसीले सबैको सल्लाहमा काम गर्ने बताए । क्याम्पसको शैक्षिक स्तरको स्तरोन्नतिसँगै क्याम्पसको उन्नयनमा काम गर्ने उनको भनाइ छ । समितिका बाँकी पदाधिकारी पछि मनोनीत गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार