कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरुको सामूहिक तथा व्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो । सूचना प्रविधि विषयप्रति विद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनको भनाइ छ ।
कलेजका प्रधानाध्यापक चिन्तामणि बस्नेतका अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ । विद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिइएको उनले बताए ।
काठमाडौ विश्वविद्यालयबाट समय समयमा आउने प्राध्यापकहरुको मार्गदर्शन पनि सफलताको कडीका रुपमा रहेको उनको भनाइ छ ।
काठमाडौ विश्वविद्यालयको साझेदारीमा सञ्चालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइटीमा यस वर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि विद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
प्रतिक्रिया