काठमाडौँ । निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि आन्दोलन स्थगित गरेका हुन् ।
विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए ।
विद्यालय सञ्चालकहरूसँग शुक्रबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राई लगायतले वार्ता गरेका थिए ।
वार्तामा विधेयक सच्याउन सरकार सहमत भएपछि आन्दोलन रोकिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए ।
प्रतिक्रिया