म एउटा विषय हुँ

शनिबार, २७ साउन २०८०
सविता गौतम दाहाल चुप लागेर घरमै बसिरहुँ वा सवै भूलेर अघि बढुँ, जे गरे पनि, म एउटा विषय सुन्दरतम्– समाजको । रमाएर नाचुँ वा हासुँ, भक्कानिएर रोउँ वा चिच्चाउँ, क्रमशः म एउटा विषय विद्वत–विमर्षको, भलाकुसारीको । उद्देश्यपर्ण जीवन, एक्कासि विषय बन्नु नियतिको नियमितता, जो कतै कतै झल्किरहन्थ्यो आज यो आँगनमा झल्कियो । जागरुक भएर अध्ययनशील बनी पढुँ वा साहसी भएर रावण वा कंशसँग लडुँ अब, म एउटा सटल विषय परम्परागत–परिवेशको । व्यथाले मरुँ वा व्यायामको उज्यालो बाचुँ, अदृश्य छन् अनुभूति मेरो छेउको सिरानीमा सधैँ हुने साथ छैनन्, चुपचाप छ जीवन गति । जीवन–मोह–विद्रोह सवै दूर–दूर छन्, हुनुको झझल्को कसले बुझ्छ धड्कन यो पलको ? मुटु छिया छिया परेर चर्कन्छ, अनेक भाव आफैलाई छलेर तर्कन्छ कोरिन बाँकी कथा कहूँ वा चुपचाप सहुँ, अब, म एउटा रोचक विषय जीवनमय–जमघटको, खासखुसको । नटुंगिने चिन्ता हुँ, बाबा आमाको सम्झिसक्दा मन दुख्ला, भाइ-दादाको देखिसक्दा, कठै मेरी ! मुखबाट निस्केला, मामाघरकी हजुरआमाको । प्रियजनलाई अनायास पोल्ने आगो हुँ, झिल्का हुँ, अब, म एउटा विषय-विन्दु हुँ । कोर्नेहरु त्यहीँबाट शुरु भएर त्रिकोण, पटकोण, वृत्त बनाउँदा हुन्, कति त स्वयंसिद्ध तथ्य लगाएर कतिकति गणित प्रमाणित गर्दा हुन् । कहीँ कतै रहुँ, वा छोडिउँ, म एउटा सदाबहार विषय समाजको, शास्त्रको, गणितको सम्भवत:, भेटिने हरेक परिचित–पात्रको ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार