बा र आमाहरू

शनिबार, २७ साउन २०८०
बाहरू एकादेशमा 'बा' हरू थिए ती नालापानीको किल्लामा भेटिन्थे पछि आमाले धोइदिएको इष्टकोटमा भेटिए अनि कथामा हराए बाहरू गीतमा हराए अलिपछि पालेको जुँगामा हल्लिएको देखेँ बाहरू खौरिएको जुँगाको टुडोमा देखेँ बाहरू हेर्दा हेर्दै सिंहदरबारबाट तलतल झरे बाहरू कहाँ हराएछन् भनी लेन्स लाएँ आँखामा क्या अचम्म! काठमाडौँको सडकमा देख्दैछु ‘लेन' को अगाडि  ‘बा’ हरू। आमाहरू उहिले हाम्रा देशमा थोरै आमाहरू थिए कोहीलाई सती भनेर जलाइयो कोहीलाई अरुणमा हामफाल्न बाध्य बनाइयो बचेखुचेकालाई अहिले बलात्कारको भुङ्ग्रोमा हालेर लास बनाइँदै छ अहिले धेरै आमाहरू छन् तर तिनलाई कि त र्याम्पमा उतारिँदैछन् सुन्दरी बनाएर कि त नचाइँदैछन् कुनै सरकारको पदमा कठपुतली बनाएर र बजारको भाउमा बेचिरहेछन् तिनका हस्ताक्षर ठेकेदार बाहरूले!

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार