विदेश पढ्न जान चाहने विद्यार्थीका लागि परामर्श

शनिबार, २७ साउन २०८०
इटहरी । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पुरुषोत्तम एजुकेसन फाउण्डेसन कन्सल्टेन्सीले ‘अब्रोड स्टडी इम्फर्मेसन शेयरिङ’ कार्यक्रम आयोजना गरी परामर्श दिएको छ । कार्यक्रममा शैक्षिक परामर्शदाता कुशल पोखरेलले सहजीकरण गरेका थिए । उनले विद्यार्थीले अध्ययनका लागि विदेश जाँदा थाहा पाउनुपर्ने कुराहरुबारे जानकारी गराएका थिए । सम्भावित समस्या, चुनौती जस्ता कुरा जानकारी दिंदै उनले विदेश जानुअघि गर्नुपर्ने तयारीबारे पनि बताएका थिए । क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, अमेरिका, इटाली जस्ता मुलुकमा अध्ययन गनर्् जानुअघि आधारभूत जानकारी लिनुपर्नेमा उनले जोड दिए । अध्ययनका लागि जानुअघि पूरा गर्नुपर्ने प्रक्रियाहरुबारे पनि उनले जानकारी दिएका थिए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार