लिभरपुललाई पाखा लगाउदै म्यानचेष्टर सिटी इंग्लिस लिग कपको क्वाटरफाइनलमा

शुक्रबार, ०८ पुस २०७९
साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे । त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । लिभरपुलका लागि फाबियो कार्भाल्होले २०औं मिनेटमा बराबरी गोल फर्काए । ४७औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाएका थिए । तर एक मिनेटपछि नै लिभरपुलका मोहमद सालहले बराबरी गोल फर्काए । त्यसपछि ५८औं मिनेटमा एकेले सिटीका लागि निर्णायक गोल गरे । सिटीले अब क्वाटरफाइनलमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ भने प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार