सिन्धुपाल्चोकमा श्रीमतीले आत्महत्या प्रयास गरेको देखेर आत्तिएका एक पुरुषको भर्याङको सिँढीबाट लडेर मृत्यु भएको छ।
शुक्रबार राति पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिएको देखेपछि माथिल्लो तलामा रहेका उनी आत्तिएर होहल्ला गर्दै तल झरेका थिए।
तल झर्नेक्रममा एक्कासी सिँढीबाट लडेर घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।
झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्याएका थिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया