स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पनि फैलिने जोखिम रहेको उल्लेख गरेको छ । चिनमा उक्त भाइरस दिनप्रतिदिन फैलिदै गएकाले नेपालमा पनि उक्त भाइरसको जोखिम रहेको भन्दै सबैलाई सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आग्रह गरेको छ ।
छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुको चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।
प्रतिक्रिया