खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ झिसेपुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो आगलागी हुँदा कर्ण श्रेष्ठ, कृष्ण श्रेष्ठ र प्रकाश श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
प्रकाश श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगजनीमा लत्ताकपडा, भाडाकुडा, अन्न लगायत जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले बताएका छन् । आगलागीपछि स्थानीय, प्रहरी र सेनाले संयुक्त रुपमा आगो नियन्त्रण गरेका हुन् ।
प्रतिक्रिया