प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसको बटमलाइन-निधि,गठबन्धन टुट्छ,विकल्प खोज्न बाध्य हुन्छौँ-प्रचण्ड

आइतबार, १० पुस २०७९
माओवादी पदाधिकारी बैठक चलिरहेका बेला खुमलटार नै पुगेर कांग्रेस नेता विमलेन्द्र निधिले अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएको श्रोतको दावी छ । ‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति भएको र यसमा तपाई सहमतिमा आउनुपर्‍यो’, निधिको अनुरोध थियो । जवाफमा प्रचण्डले यदि त्यस्तो हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने जवाफ फर्काएका छन् । सरकार गठनको अन्तिम समयमा राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति भए पनि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न नसक्दा कांग्रेस र माओवादी पार्टीभित्र आन्तरिक छलफलमा जुटेका हुन् । कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् । बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, वालकृष्ण खाँणलगायतका नेताहरू छलफलमा जुट्दा खुमलटारमा माओवादी पदाधिकारी बैठक भर्खर सकिएको छ । खुमलटार बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायत छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार