प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए प्रतिपक्षमा बस्ने माओवादी केन्द्रको निर्णय

आइतबार, १० पुस २०७९
प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । माओवादीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेको माओवादीका एक पदाधिकारीले बताए। चुनाव लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो । त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार