‘जीवनको रेल’ सार्वजनिक

शुक्रबार, २९ भदौ २०८०
काठमाडौं । सर्जक दिपेन्द्र अधिकारीको नयाँ सन्देशमूलक गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर छ । बालबालिका कतै शोषणमा परे भने न्याय दिलाउनु पर्छ र गल्ती भएको भए पनि सुध्रने मौका दिनुपर्छ भन्ने सन्देश समेटिएको गीत डिए क्रिएसन युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । अधिकारीका शब्दमा निर्मित गीतमा गायक तथा संगीतकार सिडी विजय अधिकारीले साथ दिएका छन् । यसैगरी संगीत संयोजक राजु कार्की, चर्चित गायिका समीक्षा अधिकारीको यस गीतमा भूमिका छ । गीत रेकर्डिङ, मिक्सिङ र मास्टरिङको भूमिका प्रसिद्ध गीतकार राजकुमार बगरले निर्वाह गरेका छन् । गीतको भिडियोतर्फ छायाङ्कन, सम्पादन र निर्देशन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन् । शृंगार र केश सज्जातर्फ यमुना र समग्र गीत निर्माणको क्रममा गीतकार भाइ प्रकाश सुवेदीले साथ दिएका छन् । गीतको छायांकन काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार