काठमाडौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठूली भीर’ सार्वजनिक भएको छ ।
गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन ।
गीतमा राजन कार्कीको संगीत छ । नेपालीपनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए ।
गीत सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा चर्चामा छ ।
मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीबीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।
सन्जय राईको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।
मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु, उखुम, दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।
प्रतिक्रिया