काठमाडौं । कार्तिक ४, दशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक सिनेमाको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ ।
दुई पात्रबीचको माया प्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ । र्यापको सम्मिश्रण रहेको सिनेमाको सिनेमामा कृष्ण भारद्वाजको सङ्गीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ ।
प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ । साथै, सार्वजनिक गीतमा संगीतकार भारद्वाज आफैले र्यापमा स्वर समेत भरेका छन् ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ ।
सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
प्रतिक्रिया