चियाको जिल्लामा ‘चियाबारी, मिठो चियाको कथा’ नाटक प्रदर्शन हुने

बुधबार, १० असोज २०८०
इलाम । चिया उत्पादनमा अब्बल रहेको जिल्ला इलाममा ‘चियाबारी, ‘मिठो चियाको कथा’ शिर्षकको नाटक प्रदर्शन हुने भएको छ । आगामी असोज २२ देखि कातिक २ गतेसम्म इलाम बजारस्थित नारी विकास संस्थाको सभा हलमा चियाको विषय समेटिएको नाटक प्रदर्शन हुने भएको हो । चेतना नाट्य समूह इलामले नाटक प्रदर्शन गर्न लागेको समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी दिए । उनका अनुसार नाटकमा इलामको पहिचानसँग जोडिएको चिया र यससँग सम्बन्धी जानकारी समेटिएको छ । नाटकको कथा बस्तु मार्फत् चियाका विषयमा जानकारी गराउन विभिन्न विद्यालयसँग सहकार्य गर्दै अन्य स्थानीय तहमा समेत नाटक प्रदर्शन गर्ने योजना रहेको बताइएको छ । नाटक एक घण्टा २५ मिनटको रहने छ । प्रत्येक दिन ४ः३० बजेदेखि ६ बजेसम्म नाटक मन्चन गरिने छ । नाटक प्रस्तुत हुने सभाहलमा टिकट खरिद गर्न पाइने छ । इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको लागनी, व्यावसायिक सफलता, बजार र यसको भविष्यको विषयमा जानकारीसँगै पारिवारिक चिया संस्कृतिको सद्भाव सिकाउने नाटकका परिकल्पनाकार तथा निर्देशन अन्वेश थुलङले जानकारी दिए । चेतना समूहले उत्पादन गरेको मञ्च नाटकमा स्थानीय युवा कलाकारको प्रस्तुति हेर्न सकिने छ । नाटक मार्फत इलामको कला र संस्कृति चिनाउने नाट्यकर्मलाई संस्थागत गर्न लामो समयदेखि नाटकमा युवाको भविष्य खोज्दै आएको समूहले असअघि महाभारा नाटक प्रदर्शन गरेको थियो । दर्जनभन्दा बढी मञ्च नाटक गरिसकेको समूहले स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार