वेस्टर्न युनियनको कलाकार टोली पूर्वी यात्रा सकेर पश्चिमतिर

सोमबार, १५ असोज २०८०
  काठमाडौं । दसैं–तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको यात्रा जारी राखेको छ । त्यसअन्तर्गत पूर्वी क्षेत्रको यात्रा सकेर कलाकार टोली पश्चिमतिर लागेको छ । टोली कोशी प्रदेशको बिर्तामोड, इटहरी, धरान, मधेस प्रदेशको सप्तरी, लहान, जनकपुर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा, नारायणघाट, कावासोती हुँदै आज लुम्बिनी प्रदेश पुगेको छ । कलाकारको टोली अब बुटवल, दाङ, नेपालगन्ज, कोहलपुर, पाल्पा, स्याङ्जा, पोखरा हुँदै धादिङ पुग्नेछ । धादिङ पुगेर यात्राको समापन गरिने वेस्टर्न युनियनले जनाएको छ । कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना (दशैमा दस गुणा) सहित विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुति दिंदै आएका छ्न् । टोलीमा किशोर भण्डारी (डिट्ठा साब), रेस्मा तिमल्सिना (बुनु मैचा) राजेन्द्र गिरी (गुन्द्रुके) सहित ६ जना राष्ट्रिय स्तरका कलाकारका साथै स्थानीय कलाकारहरु समेत सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार