दिपकको 'बोली मिठो' सार्वजनिक

सोमबार, १५ असोज २०८०
काठमाडौं । दिपक बस्नेत पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदयप्रकाशले सम्पादन गरेका छन् । भिडियोमा चर्चित बेली डान्सर बन्दना बेली र दिपक बस्नेतलाई मूख्य भूमिकामा देखाइएको छ । साहायक कलाकारमा ड्रिम डान्स परिवार रहेका छन् । “बोली मिठी” गीतमा गाउँको पृष्ठभूमिबाट पढ्न बजार झरेको युवाको ठट्यालीपन र किशोर अवस्थालाई उजागर गर्ने कथा समेटिएको छ । गीत र म्युजिक भिडियो दुवैले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास निर्माण पक्षले लिएको छ । बस्नेतका अनुसार टिकटकमा नाच्ने र नचाउनेको लागि एउटा सदावार गीत निर्माण भएको छ । रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । दिपक बस्नेतले निर्माण गरेको उक्त गीत आफ्नै यूटुब च्यानल अनुदिपक्रियशन मार्फत “बोली मिठो” बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार