काठमाडौं / नेपाल शैक्षिक परामर्श संघका पदाधिकारीहरुले आज शिक्षा मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएका छ्न । संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराई ,महासचिब दीपकराज भुसाल प्रथम सचिब भबनाथ हुमागाई एवं नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल सहितको टोलिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई सिंहदरबारमै गएर ज्ञापनपत्र बुझाएको हो ।
संघका पदाधिकारीहरुले ज्ञापनपत्र मार्फत वैदेशिक अध्ययन अनुमति पत्र (NOC) लिने अनलाइन पोर्टलमा कतिपय वैदेशिक कलेज तथा विश्व विद्यालयको नाम उल्लेखित नभएका कारण विद्यार्थी,अभिभावक तथा शैक्षिक परामर्शदाताहरुलाई समस्या परेको जनाएका छ्न । साथै शैक्षिक परामर्श क्षेत्रको समग्र व्यवस्थापनका निमित्त तत्काल आवश्यक पहलकदमी गरिदिन समेत शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको महासचिव दिपकराज भुसालले बताए ।
प्रतिक्रिया