स्वस्तिमाको मनपर्ने निर्देशक निश्चल

बुधबार, १७ असोज २०८०
इटहरी । २०७२ सालमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएका थिए । विवाह अगाडि निश्चलको ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ गरी दुई फिल्म प्रदर्शनमा आइसकेको थियो । ‘लुट’ले त उनलाई ‘सेलिब्रेटी निर्देशक’ कहलाएको थियो । विवाह हुँदा स्वस्तिमाको भने ‘होस्टेल रिर्टन्स’ मात्रै प्रदर्शनमा आएको थियो । उनी अभिनेत्रीको रुपमा स्थापित हुने प्रयासमा थिइन् । कतिपयले आफ्नो करिअरका लागि उनले निश्चलसँग विवाह गरेको टिप्पणी समेत नगरेका होइनन् । तर, उनले फिल्ममा काम गर्न र आफूलाई स्थापित गर्न कहिल्यै श्रीमानको नाम प्रयोग गरिनन् । आफ्नै मिहिनेत अहिले उनी लोभलाग्दो उचाइँमा छिन् । उनलाई ‘नम्बर वान अभिनेत्री’ को रुपमा समेत चित्रित गरिन्छ । हरेक प्रकारको चरित्रमा उनले आफूलाई जीवन्त रुपमा ढाल्ने गरेकी छन् । तर, विवाह गरेदेखि उनलाई निश्चलको फिल्ममा कहिले काम गर्ने भनेर अक्सर सोधिने गरिन्थ्यो । अब उनले यसको जवाफ दिनुपर्ने छैन । किनकि, निश्चलले निर्देशन गरेको नयाँ फिल्म ‘दिमाग खराब’मा उनको मुख्य भूमिका छ, जुन आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । निश्चल र स्वस्तिमाले यसअघि फिल्म ‘घामड शेरे’ र केही म्यूजिक भिडियोहरुमा एकसाथ काम गरेका थिए । सोमबार फिल्मको गीत रिलिज कार्यक्रममा स्वस्तिमाले आफ्नो ‘मनपर्ने निर्देशक’ निश्चल रहेको रहस्य खोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘निश्चल मेरो ‘मनपर्ने निर्देशक’ हो । र, श्रीमानको निर्देशनमा काम गर्दा बेग्लै अनुभव भयो ।’ उनले ‘दिमाग खराब’ आफ्नो लागि निकै विशेष रहेको समेत बताएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार