सामाजिक मनोविज्ञान भड्किनुको कारण र व्यवस्थापनका उपाय

विहीबार, १६ कार्तिक २०८०
मानिस सामाजिक प्राणि भएको नाताले मानिस र समाजको बीचमा गहिरो र गतिशिल अन्तरक्रियात्मक अन्तर सम्बन्ध स्थापित भएको हुन्छ । समाजको विशिष्ट अवस्थामा मानिसको बिचार, भावना, संवेग तथा व्यवहारको समष्टिनै सामाजिक मनोविज्ञान हो । कुर्ट लेविन सामाजिक मनोविज्ञानका पिता हुन भने सिग्मण्ड फ्राईड स्थापक हुन । जहाँ मानविय जीवनका तमाम सामाजिक विषयहरुको बारेमा प्रश्न गर्ने र उत्तर खोज्ने प्रयास गरिन्छ । कुनै मानिसको बिचार, भावना र कार्य अन्य मानिसहरुद्वारा कसरी प्रभावित हुन्छ भन्ने विषय सामाजिक मनोविज्ञानको मुल अध्ययनको विषय हो । विषय बस्तुको व्यापकता र तिव्र गतिमा हुने परिवर्तनको कारणले गर्दा सामाजिक मनोविज्ञान लाई ठोसरुपमा परिभाषित गर्न संम्भव छैन । समाजको विशिष्ठता, गतिशिलता, संवेदनशिलता तथा विश्व परिवेशको सापेक्षतामा देखापर्ने समग्र विशेषताहरुको कुल योगको रुपमा सामाजिक मनोविज्ञान लाई हेर्ने र बुझ्ने गर्नु पर्दछ । मानिसहरुको बीचमा हुने पारस्पारिक अन्तरक्रिया र त्यसले समाजमा पार्ने प्रभाव र असर नै सामाजिक मनोविज्ञानको मुल आत्मा हो । मानिसको ब्यवहार लाई बुझ्नु, नियन्त्रण गर्नु र भविष्यवाणी गर्नु मनोविज्ञानको कार्य हो भने ब्यक्तिको समाजिक सोच, प्रभाव र ब्यवहार नै यसका मुख्य क्षेत्र हुन् । सामाजिक मनोविज्ञानको यो मानकबाट नेपाली समाजको मुल प्रवृतिलाई हेर्नेहो भने बडो अनपेक्षित ढंगले नकारात्मकता तर्फ भड्किरहेको आभाष हुन्छ । जसको प्रभाव मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, नैतिक, प्रशासनिक ईत्यादि जस्ता क्षेत्रमा थोरबहुत परेको पाईन्छ । ग्लोवल लाईजेसन, लिवरल लिज्म, आर्टिफिसियल इन्टेलिजेन्स, वर्ड स्सिटम थ्यौरि, साईवर कल्चर, डेमोक्रयाटिक नेचर, न्यु पब्लिक म्यानेजम्यान्ट, ग्लोवल ईकोनोमि, जस्ता पक्षहरुलाई मात्र दोष दिएर मुलत राष्ट्रकानिर्माता र कार्यान्वयनकर्ताहरु पन्छिन् खोजे पनि पन्छिन पाउने र सक्ने अवस्था रहदैन् । किनकि यि विषयहरु विश्वव्यापी हुन् । संसारका सबै मुलुकहरुले यि विषयहरुको कुनै न कुनै रुपमा सामना गरिरहेकाछन् । तर दुरर्भाग्यनै भनां,ै नीतिनिर्माण र कार्यान्वयनतहमा हुनेहरुनै सब भन्दा बढि भड्किएका देखिन्छन् । नेपाली समाजको मनोविज्ञानलाई भ्रष्ट, परावलम्बी, पलायनवादी, अपराधोन्मुख विकृतिहरुबाट रोक्ने र सदाचारी, स्वावलम्बी, उच्चनैतिकवान, सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रप्रेमतर्फ उन्मुख गराउँन ढिला हँुदैगएको छ । समाजको मनोविज्ञान यस्ता विकृती र विसंगतीतर्फ भड्किनुका केहि मुख्यकारण यस प्रकार छन् । १. दुरदर्शिता विहिन नेतृत्वः मुलत अर्थ राजनीति, प्रशासनिक र परराष्ट्र सम्वन्धिनीतिले मुलुकलाई डोहो¥याउँनेहुँदा यी विषयहरुले सर्वाधिक महत्व राख्दछन् । विगत लामो समयदेखि मुलुकले दुरदर्र्शि नेतृत्व पाउन सकेको छैन् । परिणामस्वरुप मुलुकले गन्तव्यहिन यात्रा गरिरहेको छ । ह्राशोन्मुख अर्थतन्त्र, बहुमतकाबीच पनि अस्थिर राजनीति, ऐन विहिन प्रशासन संयन्त्र, असंन्तुलित परराष्ट्रनीति यसैका द्योतक हुन् । जस्को नकारात्मक असर समाजमा प¥यो । त्यसकारण देश बदल्न राजनीति बदल्नु पर्दछ । राजनीति बदल्न नेतृत्व बदल्नु पर्दछ । राजनीति फोस्रा नारा र पृयतावादि ढिकढापले होइन, ब्यवहार र परिणामले बदल्नु पर्दछ । जसका लागि दुरदर्शि राजनितिक नेतृत्वको आवश्यकता पर्दछ । तसर्थ बृद्धतन्त्रलाई नेतृत्वदायी राजनीतिबाट बिदा गरि योग्य, सक्षम, उर्जाशील र दुरदर्शि युवाहरुलाई राजकीय नेतृत्वमा स्थापित गर्नु पर्छ । २. राजनीति र प्रशासनको भ्रष्टिकरणः जननिर्वाचित राजनीतिक नेतृत्व यति भ्रष्ट हँुदै गएको छ, जस्ले श्रीमान श्रीमती, छोराछोरी, ज्वाँई, पीए र सल्लाहकार समेतलाई बाँकि राखेन । सहयोगीकोरुपमा खासगरि नीतिनिर्माणतहका केहि प्रशासक समेत संलग्न हुन पुगे । राजनीति र प्रशासनको आम छवि भ्रष्ट बन्न पुग्यो । जस्ले एकातर्फ आमजनतामा नैराश्यता ल्याएको छ भने अर्कातर्फ जस्ले जे गर्दा पनि हुँदोरहेछ भन्ने खराव मनोवृतिको विकासहँुदैगएको छ । यस्लाई निराकरण गर्नकालागि राजनीति र प्रशासनमा ब्यापक शुद्धिकरण गर्न आवश्यक छ । ३. परावलम्बी शिक्षा प्रणालीः मुलुकले अपनाएको शिक्षा प्रणाली आफ्नो मुलुकको लागि नभएर विदेशकोलागि भएको जस्तो बर्षेनि ठूलोसंख्यमा विद्यार्थीहरु विदेशिने क्रमले पुष्टि गर्दैछ । तसर्थ यो शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ । ४. बेरोजगारी र गरिबीः गरिबी बेरोजगारीहुनुको परिणाम हो भने, बेरोजगारी पँजी, प्राविधिक ज्ञान र औधोगिकिकरण नहुनुको परिणाम हो । बेरोजगारी र गरिबीकाकारणले गर्दा मानिस आफ्नो आवश्यकता पुरागर्नको लागि चाँहिने श्रोतसाधन जुटाउँनको लागि चोरी, ठगी ,लुटपात, अपहरण, हत्या जस्ता जधन्य सामाजिक अपराधतर्फ उन्मुख हुँदै गएको छ । कारागारमा रहेका कैदी बन्दी मध्ये साठी प्रतिशत भन्दा बढि चालिस बर्ष भन्दा कम उमेर समूहका छन भने अधिकांश लागुऔषधको कारोबार, हत्या, अपहरण, ठगी, चोरी र बलात्कार जस्ता गम्भिर अपराधसँग सम्बन्धित छन् । यी समाजका काहालीलाग्दा प्रतिनिधि घटना हुन । रोजगारीको सृजना नभएसम्म र गरिबी न्युनिकरण नभएसम्म यस्ता प्रकृतीका सामाजिक अपराधहरु न्युनिकरण हुने संम्भावना हुँदैन । तर रोजगारी सृजना गर्ने नाममा बाध्यात्मक वैदेशिक रोजगारको क्रमश स्वदेशी रोजगारले विस्थापित गर्दै लैजानु पर्छ । रेमिट्यान्ससँग बाकसको लास साटने प्रथाको अन्त्य हुनुपर्दछ । कृषि, प¥र्यटन, जलश्रोत, जडिबुटी , सूचना प्रविधि र सेवाक्षेत्रमा लगानी अभिबृद्धिगरि मुलुकमा नयाँ आद्योगिकक्रान्ति गरि व्यापक रोजगारीको सृजना गरिनु पर्दछ । जस्को लागि विदेशी पुँजी प्रविधिलाई लगानीमैत्री वातावरण सृजना गरि भित्राउँनु पर्दछ । ५. दण्डहीनताः मुलुकमा कानूनी राज्यको उपहास हुने गरि दण्डहीनता बढेकोहुनाले अपराधिक मनोवृति बढेको छ । सार्वजनिक जवाफदेहिताको पदमा बस्ने पदाधिकारीबाट भएका ललिता निवास .गिरिबन्धु टी स्टेट, वाइडबडि. प्रीटिङ्ग प्रेस, भुटानी शरणार्थी जस्ता धेरै काण्डहरुको एकातर्फ छानविन नहुँनु र अर्कातर्फ गम्भीर अपराधमा संलग्न अपराधीहरुलाई पनि कानूनी जस्केलाबाट छिराएर कैद माफि दिने प्रचलनले सिंङ्गो सामाजिक अपराधमा बृद्धि हुँदै गएको छ । न्याय नपाएर संसद भवन अगाडि आत्मादाह गर्ने देखि आमरण अनसनसम्म बस्नुपर्ने स्थितिको सृजना भएको छ । तसर्थ दण्डहीनताको अन्त्य मानवअधिकारको आँखा समेत देखिने गरि हुँनुपर्दछ । ६. राजनीति सेवाको साटो पेशा बन्दै जानु ः सेवाभावमा त्याग, ईमान्दारीता, सदाचारीता, सद्विश्वास हुन्छ भने पेशाभावमा कमाउ र नाफाभाव मात्र हुन्छ । यो सार्वभौम मानकबाट हेर्दा मुलुकको राजनीति सेवा होइन, बिना लगानीको सुरक्षित पेशा बन्दै गएको छ । नेताहरु राष्ट्रका सेवक हैन राष्ट्रिय अन्तर्राष्ट्रिय ब्यापारी बन्दै गएका छन् । राष्ट्र बैकले निश्चित मात्रामा नोट जारि गरेको छ तर वित्तिय संस्था र बजारमा तरलताको अभाव हुन्छ ।  कहाँ छ त्यो कालो पैसा ? कुनै पेशा छैन, राजनीति मात्र गर्छ तर, उनिहरुले प्रशस्त आर्थिक उपार्जन गरेको गाउँघर र यत्रतत्र देखिन्छ । राज्यका सम्पति सुद्दिकरण आयोग र अख्तियार जस्ता संवैधानिक निकायहरुलाई थप सशक्त र निष्पक्ष बनाई भ्रष्ट नेताहरुलाई कानुनी कारबाही गरि राजनीतिमा हँुने ब्यपारीकरणको अन्त्य गरिनु पर्दछ । ७. विकासको मोडल तय नहुनुः राष्ट्रिय योजना आयोगले प्रधानमन्त्रीको अध्यक्षता रहेको राष्ट्रिय विकास परिषदबाट मुलुकको पाँच बर्षको योजना पारित गर्दछ । तर, सदनले अनुमोदन गर्नु पर्दैन । तर वार्षिक बजेट भने महिनौ संसदमा रस्साकस्सिकासाथ छलफल भै जस्ताको तस्तै पारित हुन्छ । त्यसकारण यो हचुवा प्रवृत्तिको अन्त्य गरिनु पर्दछ । हाम्रो विकासको मोडेल के हो ? विकासका नयाँ प्राथमिकताहरु के–के हुन ? तय गरिनु पर्दछ । अब मुलुकको सिंगो मास्टर प्लान विज्ञहरु मार्फत बनाउन आवस्यक छ नकि अण्डर एसएलसी अर्थमन्त्री द्वारा । मुलुकको संस्थागत र संरचनागत त्रुटी लाई सच्याँइ स्मार्ट बनाउनु पर्दछ । ८ .आमजनतामा उच्च नैतिकता र सदाचारीताको विकास हुनु पर्नेः अहिले समाजमा नैतिकता र सदाचारीताको कहिल्यै नलागेको खडेरी लागेको छ । अधिकांश समस्याको मुल जड पनि यहि हो । जस्कोलागि समाजको आधार र उपरीसंरचना परिवर्तन गर्न आवश्यक छ । अपराध शून्य भएर युरोपका केहि देशका कारागारहरु खाली भएका छन् । तर हाम्रा कारागारहरु भरीभराउ छन् । आमजनतामा नैतिकता र सदाचारीताको विकासकालागि नयाँ सामाजिकक्रान्ति आवश्यक छ । सर्वप्रथम सार्वजनिक पद र जवाफदेहितामा बसेका पदाधिकारीहरुको ब्यवहार मार्फत यसको संदेश दिईनु पर्दछ । अपराधमा शून्यसहनशीलता अपनाउने हो भने रातारात परिवर्तन गर्न सकिन्छ । समाज परिवर्तनको कुरा गर्ने तर ब्यवहारमा नाङ्गो ब्रह्मलुट मच्चाउने वर्तमान प्रवृतिबाट समाजको परिवर्तन संभव छैन । सामाजिक मनोविज्ञानलाइ परिवर्तन नगरि समाजको परिवर्तन सम्भव छैन । यो अभियानमा राजनीतिकदलहरु नागरिक समाज र प्रबुद्ध सामाजिक अभियन्ताहरुको भुमिका अहंम हुन्छ । समाज फटाहाहरुका कारणले होइन, फितलो राज्य र ईमान्दार मानिसहरु अल्छि र डरपोक भएको कारणले बिग्रन्छ । समाजको मनोविज्ञानलाई सहि ढंगले ब्यवस्थापन गर्न अब ढिला नगरांै । अन्यथा मुलुकले थप मूल्य चुकाउनु पर्दछ । जुन सामर्थ मुलुकसँग कमजोर हँुदै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार