विराटनगर महानगरपालिकाले सिटी बस सञ्चालनको तयारी गरेको छ । बजार क्षेत्रमा १८ वटा सिटी बस सञ्चालन गर्ने तयारी गरेको हो ।
निजी क्षेत्रसँगको साझेदारीमा नगरबस सञ्चालन गर्ने तयारी भएको विराटनागर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिएका छन् । यसअघि पनि विराटनगरले नगर बस सञ्चालन गर्ने योजना बनाएको थियो । तर सफल हुन सकेन ।
यो वर्ष महानगरको रुटमा कुद्ने गरी बस सञ्चालनको तयारी भएको मेयर कोइरालाले बताएका छन् । एयर कन्डिसनसहितको बस सञ्चालन गर्ने उनले बताए ।
वृद्धहरुलाई निशुल्क हुन्छ,’ उनले भने,‘ नगर बसमा महिला र विद्यार्थीहरुलाई पनि सहुलियत हुन्छ ।’
बस सञ्चालनका लागि रुट तयार भइसकेको उनले बताएका छन् । बस सेवा सञ्चालनका लागि महानगरपालिकाले प्रदेश लगानी बोर्डसँग पनि समन्वय गरेको छ ।
बस सञ्चालनका लागि महानगरपालिकासँग श्रीपदी ट्रेडिङले साझेदारी गर्ने तयारी भएको कोइरालाले बताएका छन् ।
‘हामीबीच हस्ताक्षर भइसकेको छैन, तर प्रकृया अघि बढिसक्यो,’ उनले भने,‘ नयाँ सरकार गठन भएपछि थप प्रकृया अघि बढ्ने कुरा कोइरालाले बताएका छन् ।
प्रतिक्रिया