टिकटक व्यवस्था होइन, किन रुवाबासी ?

मंगलबार, २८ कार्तिक २०८०
अशोक योगी जनताको खानापानी र सास बन्द हुँदा चुइँक्क नबोल्ने, बिना संघर्ष र लगानी अरूलाई टिकटकमा गाली गरेर भाइरल अनि, भेलुबाजे स्टाईलमा रातारात नेता हुन खोज्नेको रुवाबासी सुरु भएजस्तो छ । टिकटक बन्द अरु देशमा पनि भएको छ । प्रगति र समृद्धिमा समस्या छैन रे त । रुवाबासी किन ? धन्यवाद सरकार । जिम्मेवार पार्टीका जिम्मेवार पदाधिकारीले गरेको पोस्ट देख्दा अबको नेतृत्व के सामाजिक सञ्जालबाट र सामाजिक सञ्जालमा इस्टन्ट गरेर मात्रै स्थापित भइन्छ भन्ने भ्रम हो । यो विषयमा सहमत हुन सकिएन टिकटक भनेको व्यवस्था पनि होइन । पाटीए पनि होइन । पद्वति पनि होइन । एउटा माध्यम मात्रै हो । कम्तिमा एक महिना त कुर्नु नि हो । तत्काल हल्का टिकाटिप्पणी अझ अल्टिमेटम टाईपको स्टाटस जिम्मेवार पदाधिकारीको सुहाएन व्यक्तिगत विचार भए पाइयो । टिकटक, समृद्धि अभिव्यक्ति स्वतन्त्रता र उन्नत लोकतन्त्रको पहरेदार बन्थ्योभने राजनैतिक पद्धतिमा लोकतन्त्रलाई महत्व नदिने चिनले के यो कुरा अनुसरण गर्थ्यो होला त ? हाम्रो लोकतन्त्रको जग चाइनिज एप टिकटकमा टिकेको होइन । त्यति कमजोर पनि छैन । नेपालबाहेक भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशमा टिकटक प्रतिबन्धित अवस्थामा छ । त्यहाँ उन्नत लोकतन्त्र मात्र छैन, देश र जनता उन्नतिको शिखरमा पुगेका छन् त सरकारको निर्णय स्वागत योग्य छ । समाजमा पारेको असर र प्रभाव परिवारमा महिलामा र बालबालिकामा परेको असर र प्रभाव समाजमा छोरी चेलीहरू बिगारेको अवस्थाको प्रभाव, देखासिकी र छाडापन अनि मगन्ते र भिखारीपन, सम्बन्ध बिछोड र पारिवारिक कलहलाई हेरौँ त । युवायुवतीको मन जित्नलाई टिकटक बन्दको निर्णय फिर्ताको माग त अनसनमै बसि दिन सकौंला तर दीर्घकालिन असर र प्रभावलाई शान्त मनले केलाउँ त ? हरेक कुरामा हल्का टिकाटिप्पणी गरिहाल्ने टिकटके बानी न पार्टीसँग जोडिन्छ न त समाजसँग नै जोडिन्छ । जेलजीवन र निर्वासनमा बसेर खुट्टाको पाइताला खुइलाएर नेतृत्व तहमा पुगेको राजनीतिक नेतृत्व जीवित छ । रातारात भाइरल हुने अनि गाली गरौज गर्ने माध्याम नबनोस् । कोभिड १९ मा शिक्षण सिकाइको राम्रो माध्याम बन्न सक्थ्यो । तर, एउटा बहस गरेको पाइएन । आज टिकटक र सामाजिक सञ्जालका फ्यानका आधारमा कर्म नगरी नेतृत्वमा पुग्ने सोच राख्नु गलत हो । त्यताबाट हामी सबै मुक्त हुन जरुरी छ । मनमा कुनै भय अनि कुनैपनि स्वार्थ नछोडिएपछि ठिक लाई ठिक भन्न प्रसंसा गर्न अनि सुधार गर्ने कुरालाई सुधार गर्ने सुझाव दिन हिम्मत राख्दछ ? यो मेरो निजी विचार हो, म आँफूलाई त्यहीँ उभ्याउन र उभिन चाहान्छु । विषय र प्रसंगले फरक अर्थनलागोस् । अशोक योगी (कर्णाली प्रदेश) (योगीले सामाजिक सञ्जालमा लेखेको यो विचार जस्ताको त्यस्तै राखिएको हो ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार