बैठक बस्दै शेखर-गगन समूह

विहीबार, २१ पुस २०७९
नेपाली कांग्रेस शेखर-गगन समूहको बैठक आज बस्ने भएको छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको एक नेताले बताएका छन् । चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा पनि आजकै बैठकबाट तय गर्ने तयारी रहेको बताइएको छ। पुस २८ गते कार्यसमिति बैठक बस्ने तय भइसकेको छ । यसअघि पुस २२ गते बस्ने तय भए पनि अन्तिम समयमा बैठकको मिति परिवर्तन गरिएको थियो  । त्यसअघि २३ गते संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसक्दा संघदेखि प्रदेशसम्म सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार