शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा बीरबहादुर निर्वाचित,उपाध्यक्ष बने चिन्तामणी

आइतबार, २४ पुस २०७९
इटहरी २० तरहरामा रहेको शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको शनिबार भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । सहकारीको अध्यक्षमा बीरबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले ५ सय ९२ मत प्रप्त गर्दै निर्वाचित भएका हुन् । लिम्वुका निकटतम प्रतिद्वन्दी चन्द्रकुमार गिरीले ५ सय ३१ मत प्राप्त गरे । यसैगरी अध्यक्षकै अर्का अउद्वार बसन्त श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा मेघराज पराजुलीले ९६ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा चिन्तामणी सापकोटाले विजयी हासिल गरेका छन् । विजयी सापकोटाले ६ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी टंक पौडेलले ४ सय ७ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी कृष्णप्रसाद भट्टराईले ३ सय ३६ मत प्राप्त गरेका छन् । यस्तै, लेखा समिति संयोजकमा कृष्णप्रसाद घिमिरे र लेखा समिति सदस्यमा सनत कोइराला निर्विरोध निर्वाचित भएका छन् । लेखा समिति महिला सदस्यमा ५ सय ९५ मत सहित चन्द्रा कुमारी गिरी निर्वाचित भइन् । सोही पदमा प्रतिष्पर्धा गरेका अनिता घिमिरेले ४ सय ३८ मत प्राप्त गर्दा प्रमिला पराजुलीले १ सय ८५ मत प्राप्त गरिन् । यस्तै महिला सदस्यमा लिला देवी राई, कमला नेपाल र सारदा कटुवाल निर्वाचित भएका छन् । निर्वाचित राईले ७ सय २२ मत,नेपालले ६ सय २० मत र कटुवालले ६ सय २० मत प्राप्त गरे । यस पदमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए । यस्तै, खुल्ला सदस्य ६ पदका लागि २३ जनाले उम्मेदवारी दिएकोमा प्रदिप केसी,बिकास गिरी,उपराज गौतम,राजु श्रेष्ठ,भरत केसी र दुर्गा गिरी निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत द्रोर्ण न्यौपानेका अनुसार १ हजार ८४९ मतदातामध्ये १ हजार ५०९ मत खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार