शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको उपाध्यक्षमा लोकप्रिय मत सहित चिन्तामणी सापकोटा निर्वाचित भए ।
विजयी सापकोटाले ६ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी टंक पौडेलले ४ सय ७ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी कृष्णप्रसाद भट्टराईले ३ सय ३६ मत प्राप्त गरे ।
विजयी सापकोटा सामाजिक काम तथा राजनितक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर २(१) का सचीव समेत हुन् ।
व्यावसायिक क्षेत्रमा पनि उत्तिकै सफल सापकोटाले अहिलेको जितले आफुमा पुनः चुनौती थपिएको उल्लेख गरे । " यो जितले सकारात्मक कामका केही अवसरहरुसँगै चुनौतीहरु पनि थपिएका छन् । सबैसँगको सहकार्यमा, आइपर्ने चुनौतीहरुलाई समाधान गर्दै अगाडि बड्छौँ " नवनिर्वाचित उपाध्यक्ष सापकोटाले भने ।
सपकोटाको काम गर्ने क्षमता र उनले प्राप्त गरेको लोकप्रिय मतलाई मध्यनजर गर्दै उनलाई सहकारीको भावी अध्यक्षका रुपमा समेत चित्रण गर्न थालिएको छ ।
सापकोटाले अहिलेको आर्थिक मन्दिमा बैंक तथा बित्तीय संघसंस्थाहरुमा कार्य सम्पादन गर्न निकै चुनौती भएको उल्लेख गरे ।
निर्वाचित सापकोटाले बिजेतासँगमात्र नभइ निर्वाचनमा उपविजेता बन्ने सबको सल्लाह लिएर कार्यसम्पादन गरिने बताए ।
उनले सहकारीको निर्वाचनमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
शनिबार तरहरामा भएको निर्वाचनमा उपाध्यक्षमा सापकोटा निर्वाचित हुदा सहकारीको अध्यक्षमा बीरबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले ५ सय ९२ मत प्रप्त गर्दै निर्वाचित भएका हुन् ।
प्रतिक्रिया