झापा । विप्लव ‘निकट अखिल क्रान्तिकारी’ ले झापाका विभिन्न पालिकामा विद्यालय स्तरका कमिटी गठन गरेको भन्दै झापा जिल्ला वाल सञ्जालले आपत्ति जनाएको छ ।
सञ्जालका अध्यक्ष अभिषेक मिश्रले शुक्रवार बिज्ञप्ति जारी बालबालिकाको शान्तिपूर्ण रुपमा शिक्षा आर्जन गर्न पाउने अधिकारको सम्मान गर्न र राजनीतिक गतिविधिमा सम्लग्न नगराउन आग्रह गरेको हो । विगत केही समयदेखि रानजीतिक दल र तिनका भातृसंगठनले विद्यालयमा विद्यार्थी संघ संगठनका गतिविधि र कार्यक्रम गरी बालबालिकाको बृद्धि र विकासमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप गरेको भन्दै बाल सञ्चालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
२०६८ साल जेठ ११ गते नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८को परिच्छेद ४मा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, आदि तथा दलगत तथा अन्य सभा सम्मेलन र जुलुसमा विद्यार्थीको प्रयोग गर्न नपाइने प्रष्ट रुपमा उल्लेख गरेको छ ।
तर, विप्लव ‘निकट अखिल क्रान्तिकारी’ ले झापाका विभिन्न विद्यालयमा विद्यालय स्तरका कमिटी गठन गरेको भन्दै वाल सञ्जालले आपत्ति जनाएको हो ।
प्रतिक्रिया