प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए सपथ

सोमबार, २५ पुस २०७९
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिएका छन् । सोमबार (आज) दिउँसो उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार