राष्ट्रिय सभाका लागि ट्रेड युनियनबाट तीन जनाको नाम सिफारिस

आइतबार, १५ पुस २०८०
विराटनगर : नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रूपमा सिफारिस गरेको छ । ट्रेड युनियनका महासचिव अजय कुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेदवार सिफारिस गरिएको जानकारी दिए । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुँदा आउँदो राष्ट्रिय सभा सदस्य निर्वाचनमा श्रमिकको पक्षमा प्रतिनिधित्व हुने गरी लक्ष्मणबहादुर बस्नेत, खिलनाथ दाहाल र पुष्कर आचार्यको नाम सिफारिस गरिएको महासचिव राईले जानकारी दिए । बस्नेत २०४७ सालदेखि निरन्तर श्रमिकको पक्षमा २०७० सालसम्म ट्रेड युनियन काँग्रेसको नेतृत्वमा रहेका थिए । हाल उनी सार्कटुकका महासचिव रहेका छन् । त्यसैसरि, दाहाल ट्रेड  युनियनका पूर्व अध्यक्ष हुन् । ट्रेड युनियनका निवर्तमान अध्यक्ष आचार्य भने २०७५ सालदेखि ट्रेड युनियन अध्यक्षको जिम्मेवारीमा रहेका थिए । विराटनगर घर भएका आचार्य लामो समयदेखि श्रमिक क्षेत्रको उत्थानका लागि कार्यमा होमिँदै आएका छन् । उम्मेदवार सिफारिस पत्र बुझाउँदै महासचिव राईले प्रजातन्त्रदेखि गणतन्त्रसम्मको आन्दोलनमा श्रमिकहरुको भूमिका अहम् रहेको उल्लेख गरे । राजनीतिक दलहरूले श्रमिक पक्षलाई कम महत्त्व दिने हुँदा माघ ११ गते हुने निर्वाचनमा श्रमिकको प्रतिनिधित्व हुने गरी निर्णय गर्न पार्टी सभापति देउवासमक्ष जानकारी गराएको बताए

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार