काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
बनेपा नगरपालिका ८ स्थित होटल भ्यू पाहुना घरमा एक महिला शव भेटिएको हो।
बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा भेटिएकी हुन्।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार, प्रारम्भिक अनुसन्धानमा मृतक महिला रामेछाप घर भएकी २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुल्न आएको छ। उनले बनेपामा रहेको एक मेडिकलमा काम गर्दै थिइन्।
घटनाको प्रकृति हत्यासम्बन्धी देखिएको प्रहरीको भनाइ छ। यस घटनामा विस्तृत अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।
प्रतिक्रिया