आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् ।
कप्तान विन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन । यशु पाण्डे, खुशी डंगेला र मनिषा उपाध्यले एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९४ रन बनायो ।
बागमतीकी कन्चन श्रेष्ठले २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाइन । ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुशी डंगोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन । मनिषा उपाध्यले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन ।
प्रतिक्रिया