खुलामञ्चलाई खेलकुद मैदान बनाउनु गलत हो : गणपतिलाल श्रेष्ठ, अभियन्ता खुलामञ्चको आफ्नै इतिहास छ । यो सार्वजनिक स्थल हो । सबैका लागि, सधैँ खुला हुनुपर्छ । फुटबल नै खेलाउने हो, त्यसको तालिम नै दिने हो भने सानो टुँडिखेलमा खेलाउन सेनासँग सहजीकरण गर्नुपर्यो । रंगशालामा खेलाउन समन्वय गर्नुपर्यो । आज फुटबल मैदान बनाएर भोलि लैनचौरजस्तै सर्वसाधारणलाई निषेधजस्तो भयो भने के गर्ने ?‘खुलामञ्चको आफ्नै इतिहास छ । यो ठाउँ सार्वजनिक स्थल हो । सबैका लागि, सधैँका लागि खुला हुनुपर्छ,’ अभियन्ता श्रेष्ठले भने, ‘फुटबल नै खेलाउने हो, त्यसको तालिम नै दिने हो भने सानो टुँडिखेलमा खेलाउन सेनासँग सहजीकरण गर्नुपर्यो । रंगशालामा खेलाउन समन्वय गर्नुपर्यो । आज फुटबल मैदान बनाएर भोलि लैनचौरजस्तै सर्वसाधारणलाई निषेधजस्तो भयो भने के गर्ने ?’ खुलामञ्चमा फुटबल मैदान बनाउन नदिन विभिन्न रचनात्मक दबाब दिइने उनले बताए । महानगरका प्रवक्ता मानन्धरले भने जे कामको पनि विरोध गर्नुको तुक नभएको बताए । फुटबल मैदान बनाउने योजना तत्कालको भए पनि भूमिगत पार्किङको योजना पनि कायमै रहेको उनको भनाइ छ । ‘भूमिगत पार्किङको योजना हाललाई स्थगित मात्रै गरेका हौँ । आवश्यकताअनुसार बनाउनुपर्ने नै हो । कुनै न कुनै दिन बन्नचाहिँ बन्छ,’ प्रवक्ता मानन्धरले भने, ‘सहज पार्किङ उपलब्ध हुन नसकेर भित्री बजार सुकिसक्यो ।’ गत २९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । अव्यवस्थित पार्किङको समस्या समाधान गर्न पार्किङस्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय गरेको थियो । यसअघि खुलामञ्चमा ६ वर्ष बसपार्क पनि बनाइएको थियो । ०७३ वैशाखमा काठमाडौं भ्युटावरको अन्टरग्राउन्ड पार्किङ निर्माण गर्ने भन्दै त्यहाँ रहेको पुरानो बसपार्कलाई ६ महिनाका लागि खुलामञ्चमा सारिएको थियो । तर, भ्युटावर निर्माणले गति लिन सकेन । ६ वर्षपछि ०७८ वैशाखमा महानगरले खुलामञ्चबाट बसपार्क हटाएको थियो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्–खुलामञ्चमा दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको छ । हरियाली पनि हुने, सबैजना जान पनि मिल्ने गरी फुटबल मैदानसहित पार्क बनाइँदै छ । त्यहाँ फुटबलको तालिम पनि सञ्चालन गर्छौँ । यसका लागि डिपिआर, डिजाइन इस्टिमेटसमेत भइसकेको छ । मैदान बनाउन चाँडै उपभोक्ता समिति गठन हुँदै छ । -यो समाचार आजको नयापत्रिका दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया