इलाम : इलाम नगरपालिका १ मा रहेको रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयको निरीक्षण गरिएको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख डम्बर सुवेदी, नगरपालिकाका प्रवक्ता तथा इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलाल, वडा १ का अध्यक्ष गायत्रीराम बस्नेत लगायतको टोलीले निरीक्षण गरिएको हो ।
इलाम नगरपालिका वडा नम्बर १ स्थित साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयमा प्राविधिक धारको अध्यापन हुने गरेको छ ।
शिक्षालय प्रमुख दीपक खनालसहित शिक्षालयका विभिन्न पदाधिकारीसँग छलफल भएको थियो । शिक्षालयमा रहेका समस्या र समाधानको पहल तथा प्राविधिक धारको अध्ययनले दक्ष जनशक्ति उत्पादनले मिलेको राहत लगायतका विषयमा छलफल समेत भएको थियो ।
सो शिक्षालयमा गएको वर्ष १५ जना र यो वर्ष तीन गरी १८ जना विद्यार्थी इलाम नगरपालिकाको ‘मेयर छात्रवृत्ति’ कार्यक्रम अध्ययनरत छन् ।
शिक्षालयमा पछिल्लो समय चिया प्राविधिक विषयको समेत अध्यापन भइरहेको छ ।
प्रतिक्रिया