प्रदेशसभातर्फ दाङ २ (१) मा कांग्रेसका राजु खनाल निर्वाचित

बुधबार, ०७ मंसिर २०७९
दाङ क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राना १ हजार १६७ मतले पराजित भएका हुन् । घोराही उपमहानगरपालिका वडा नं।१५ निवासी खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपाध्यक्ष र महाधिवेशन प्रतिनिधि हुन् । उनी नेविसंघको पूर्व केन्द्रीय उपाध्यक्ष र नेविसंघ दाङको पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार