पछिल्लो समय बैंक नियामकहरूको निर्देशन उल्लंघन गर्दै अगाडि बढिरहेको पाइएपछि राष्ट्र बैंकले निगरानी बढाएको थियो । राष्ट्र बैंकले एनआईसी एसिया बैंकले बढी नाफा आर्जन गर्ने उद्देश्यले अनुत्पादक क्षेत्र घरजग्गामा बढी लगानी गरेको र त्यो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रहेको पाइएपछि सचेतसमेत गराउँदै आएको थियो ।राष्ट्र बैंकले गरेको सुपरीवेक्षणमा बैंकले कर्जा प्रवाहका लागि प्राथमिकतामा राखेका क्षेत्रहरूमा भने कम लगानी गरेको पाइएको थियो । धितोको अधिक मूल्यांकन गरी कर्जा दिई बैंक नै संकटमा गएको चर्चाका बीच बैंककै उच्च तहका कर्मचारीको राजीनामा आएपछि बैंक सञ्चालक समिति मात्र नभई राष्ट्र बैंकले समेत चासो राखेको थियो । पछिल्लो समय व्यापक रूपमा विभिन्न काण्डले आमजनतामा नकारात्मक सन्देश प्रवाह हुँदै आएकै समयमा बैंकभित्रको असन्तुष्टिकै कारण बैंककै उच्च तहका कर्मचारीको राजीनामा आएसँगै यसले थप आमलगानीकर्ताका साथै निक्षेपकर्तालगायत जनतामा नकारात्मक सन्देश जाँदा बैंक नै समस्यामा जाने भन्दै बैंक सञ्चालक समितिले पाण्डेलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै आएकामा शनिबार राजीनामा अस्वीकृत गरेको छ । बैंकभित्रको अनियमिततालाई ढाकछोप गर्नकै लागि अनियमितताको साक्षी नबस्ने भन्दै राजीनामा दिएका कर्मचारीलाई जबर्जस्ती बैंकमा राख्नु अर्को अर्थपूर्ण रहेको छ । बैंकको सञ्चालन खर्च बढ्दैजाँदा खर्च धान्नै मुस्किल हुनुका साथै आमजनतामा नकारात्मक सन्देश प्रवाह हुँदैजाँदा निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकाले शाखाहरूमा बसेर काम गर्न नसक्ने अवस्था रहेको रिपोर्टिङसमेत विभिन्न शाखाले गर्ने गरेको स्रोतले दाबी गरेको छ । अधिक मूल्यांकन गरेर कर्जा प्रवाह भएका ऋणहरू उठ्ने सम्भावना कम हुँदैजाँदा लीलामी गर्नसमेत गाह्रो भएकाले बैंकलाई सञ्चालन खर्चसमेत धान्न मुस्किल भइरहेको छ ।
यसैले, ३ सय ६० शाखा, ६ सय ३४ एटीएम, १ सय १० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाइमध्ये ५० भन्दाबढी शाखा र दर्जनबढी एक्सटेन्सर काउन्टर बन्द गर्न पाऊँ भन्दै राष्ट्र बैंकमा निवेदन दिनुका साथै स्थानीय सरकार र मातहतका सरकारी कार्यालयमा भएका विस्तारित काउन्टरसमेत धमाधम बन्द गरिरहेको छ ।बैंकले ऋणीहरूको प्राइम लोकेसनका धितोहरूमा कर्जा दिएसँगै धितो जबर्जस्ती हडप्ने नियम राख्दै एनपीए गरेका त्यस्ता धितोसमेत लीलामी नगरी आफैं राख्ने गरेको पाइएको छ । बैंकको पुससम्ममा १९ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी करिब ३ अर्ब ४१ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति पुगेको छ । बैंकको गत आवको पुससम्ममा १७४ दशमलव ५८ प्रतिशत रहेको प्रोभिजन अहिले बढेर २२७ दशमलव शून्य ४ प्रतिशत पुगेको छ । यस्तै, गत आवको दोस्रो त्रैमासको तुलानामा चालू आवको दोस्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ३१ दशमलव १८ रुपैयाँले घट्नुका साथै गत वर्षको पुससम्ममा ५६ दशमलव ७७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालू आवको पुससम्ममा २५ दशमलव ५९ रुपैयाँ मात्र रहेको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा शूनय दशमलव ६१ प्रतिशत रहेको खराब कर्जा चालू आवको सोही अवधिमा १ दशमलव १९ प्रतिशत पुगेको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया