भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलिबाट सुरु

सोमबार, १४ फागुन २०८०
भोजपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको आङ्गिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलिबाट सुरु हुने भएको छ ।
२०२२ सालमा स्थापना भएको क्याम्पसको हरेक वर्ष निरन्तर रूपमा मनाउँदै आएको वार्षिक उत्सव यस वर्ष पनि फागुन १८ गते समापन गर्ने गरी भोलीबाट सुरु हुन लागेको पत्रकार सम्मेलन मार्फत वार्षिक उत्सवका संयोजक तथा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताए ।
उक्त वार्षिक उत्सव व्यवस्थित र भव्यताका साथ मनाउन क्याम्पस प्रमुखको संयोजकत्वमा ६५ सदस्यीय मूल समारोह समिति, ५ वटा उप समिति र १२ वटा खेल सञ्चालन गर्ने टिम गठन गरिएको आज ९सोमवार ०पत्रकार सम्मेलन मार्फत राईले जानकारी गराइएका हुन् ।
उत्सवको पहिलो दिन फागुन १५ गते म्याराथन, चेस, भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिता, १६ गते टेवलटेनीस र १५ गते भएका खेलको फाइनल खेल गराइने छ ।
यस्तै १७ गते हाजिरी जवाफ प्रतियोगिता, म्युजिकल चेयर  नृत्य, गायन, र कविता वाचन, डोरी तान्ने र फुटसल प्रतियोगिताको फाइनल हुने छ भने १८ गते वार्षिक उत्सवमा वोलाईएका अतिथिहरूको शुभकामना मन्तव्य सहित कार्यक्रम समापन हुने क्यापसले जनाएको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन, मानविकी र शिक्षा शास्त्रमा गरी ६ सय ९५ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार