इटहरी- घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै व्यावहारिक ज्ञान प्रदान गर्दै आएको सुनसरीको इटहरी स्थित चिजन्स प्यालेस स्कुलले आज सातौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी बसपार्क स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रम इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एन-प्याबसनका निवर्तमान जिल्ला अध्यक्ष नारायण सन्जेलले विद्यार्थीको सिकाइ स्तर बिद्यालयको परीक्षाले मात्र मूल्याङ्कन नहुने बताएका थिए ।
उनले विद्यार्थीलाई बढी भन्दा बढी शैक्षिक क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको समग्र क्षेत्रको विकास हुने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न धर्म जाती र आफ्नो भाषा सँग सम्बन्धित बिषययमा अभिनय समेत प्रस्तुत गरेका थिए ।
बिद्यार्थीहरुले ताण्डव नृत्य , हनुमान चालिसा , जिजसको जन्म नाटक , बुद्धको जन्म , सीता हरण लगायतका अभिनय गर्दा अभिभावकहरू अत्यन्तै हर्षित देखिन्थे ।
कार्यक्रममा बिद्यार्थिहरुलाई नृत्य गर्न लगाएर अभिभावक दिवस मनाउने पद्धति लाई छोडेर नवीन तथा सांस्कृतिक कार्यक्रम मार्फत पनि धेरै कुरा सिकाउन सकिन्छ भन्ने कुरा देखाउन यस्तो तरिका अपनाएको प्रिन्सिपल ग्रेस आचार्यको बताउँछिन्।
अभिभावक दिवसमा माया प्रेमका गीत गाउन लगाउने , उछृन्खल नृत्य गर्न लगाउनु भन्दा आफ्नो जाती धर्म संस्कृतिको जगेर्ना गर्दै आफूले किताबमा पढेको कुरा लाई रमाइलो पारामा अभिनय सहित देखाउनु उत्कृष्ट भएको अभिभावकको भनाइ छ ।
२०७२ सालमा स्थापित विद्यालयमा २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
इटहरीमा रहेर क्रियाकलाप केन्द्रित सिकाइ पद्धति अवलम्बन गरि नमुना स्तरमा विद्यालय सञ्चालन गर्दै आएको विद्यालयका निर्देशक हरि आचार्यले दाबी गरेका छ्न ।
प्रतिक्रिया