उनले शैक्षिक परामर्श दिनका लागि एक्सपर्ट एकदमै विश्वासिलो भएको जिकिर गरेका छन् । उनले एक्सपर्टको ट्र्याक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्ष देखि आफू जोडिएर काम गर्न पाउँदा निकै खुसी भएको बताए ।
कार्यक्रममा धरान उप महानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, ई९क्यान पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौला,एक्सपर्टका कन्ट्री डाइरेक्टर खेम संगौलाले बोलेका थिए ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेसनको विश्वका २० वटा देशमा र नेपालमा ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनरत रहेको जनाइएको छ ।
कोशी प्रदेशमा मात्रै बिर्तामोड, दमक, विराटनगर, इटहरी र धरानमा गरी ५ ओटा शाखाहरू सञ्चालनमा सञ्चालक भव तिम्सिनाले बताए ।
सामाजिक कार्यहरूमा समेत उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको एक्सपर्टले स्थापना यता एक लाख पच्चिस हजार बिद्यार्थीहरुलाई शैक्षिक परामर्श सँगै सेवा दिइसकेको जनाएको छ ।
प्रतिक्रिया