इटहरी । घोकन्ते बिद्याभन्दा ब्यावहारिक शिक्षा र शैक्षिक क्रियाकलापमा बिशेष ध्यान दिदै पठन पाठन गर्दै आएको सुनसरीको इटहरी स्थित मोर्डन प्रिप्रेरेटोरीले बिद्यार्थिहरुमा उत्साह जगाउनका लागि नया अभियान सुरु गरेको छ ।
बर्षभरि कक्षामा क्याप्टेन भएका बिद्यार्थि तथा क्लबलाई सम्मान गर्ने अभियान यस बर्षबाट सुरुवात गरेको छ । जसका कारण आगामी बर्षमा कक्षामा क्याप्टेन बन्ने र बिद्यार्थि क्लब खोल्नका लागि बिद्यार्थिहरुलाई उत्प्रेरणा जाग्ने बिद्यालयका प्रिन्सिपल मणिकुमार पौडेलले बताए ।
अभियानले काम गरिरहेका बिद्यार्थिहरुको सम्मान हुने र नया बिद्यार्थिका लागि पनि शैक्षिक गतिबिधिमा अग्रसर हुने दाबि गरेका छन । अभियान अन्र्तगत यस बर्ष स्कुलले विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले चारवटा फरक विधाहरुमा वर्षभरी निरन्तर उत्कृष्ट काम गर्ने बिद्यार्थिहरुलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरुलाई सम्मान गरेको हो ।
शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेन रहिसकेकी छन् । त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट बिद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन् । बिद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वाचित भाइस क्याप्टेन समेत रहिसकेका छन् ।
उक्त सम्मानका लागि बिद्यालयले बिद्यार्थीहरुमा अनुशासन, शैक्षिक तथा भाषागत उत्कृष्टता, नेतृत्त्व क्षमता, सामुहिक सहाकार्य र अतिरिक्त क्रियाकलापमा सहभागिताका आधार तयार पारेको थियो ।
त्यसैगरी, वर्षभरी नै हरेक गतिविधि बिद्यालयमा भएका गतिविधिहरुमा सक्रिय सहभागी भएर उत्कृष्ट हुनेमा प्रिन्सा घिमिरे क्याप्टेन रहेको ‘ब्लु हाउस’ले उत्कृष्ट हाउसको सम्मान पाउन सफल भएको हो । विद्यालयमा रहेका ६ वटा हाउसहरु मध्ये ‘ब्लु हाउस’ उत्कृष्ट भएको बिद्यालयका प्रिन्सिपल पौडेलले जानकारी दिए ।
पौडेलले भने, “विद्यालयले, पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाईका उद्देश्यहरू पूरा गर्न विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि बिद्यालयले निर्दिष्ट गरेका मानकहरुमा उत्कृष्ट भएका विद्यार्थी र हाउसहरु सम्मानित भएका छन् ।”
यस्ता क्रियाकलापहरुले विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूलाई सहज बनाउन मद्दत पुगिरहेको पौडेलको जिकिर छ । उनले विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि मिहिन ढंगले काम गर्दै आएको बताए ।
जीवनमा सफलताको लागि कडा मेहनतको विकल्प नभएको बताउँदै पौडेलले विद्यालय तहमा गरिने यस किसिमको कार्यक्रमहरुले विधार्थीको चौतर्फी विकासमा निकै महत्वपूर्ण योगदान पुग्ने बताए ।
विद्यालयका चारसय भन्दा बढि विद्यार्थीहरुले प्रतिष्पर्धामा सहभागीता जनाएका थिए । विद्यालयले नियमित रूपमा विद्यार्थीहरूलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतीहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरू समेत सञ्चालान गर्दै आएको छ ।
विगत सय हप्ता अघिदेखी प्रत्तेक शुक्रबार स्वैच्छिक रुपमा आ-आफ्ना सांस्कृतिक पोसाक लगाउन उत्प्रेरित गरिरहेको विद्यालयले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सामाजिक अन्तरघुलन र सामाजिक दायित्व निर्वाहका लागि रेडक्रस, स्काउटका क्रियाकलापसँगै बाल क्लब मार्फत विद्यालयले सामाजिक क्रियाकलाप र क्षमता अभिवृद्धिका लागि समेत कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया