भोजपुरमा प्रभु लाइफको अभिकर्ता तालिम

शनिबार, १० चैत्र २०८०
भोजपुर - प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्सले पहाडी जिल्ला भोजपुरमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । शनिवार सम्पन्न तालिममा भोजपुर शाखामा आबद्ध जिल्ला भरिका अभिकर्ताहरूको उपस्थिति रहेको थियो । अभिकर्ताको क्षमता विकासका लागि सञ्चालन गरेको तालिममा अभिकर्ताले पालना गर्नुपर्ने जीवन बिमाका आधारभूत सिद्धान्त ,बिक्री कला तथा कम्पनीले ल्याएका बिमा योजना र अभिकर्ता वार्षिक प्रोत्साहन त्यस्तै आधारभूत बिक्री कलाका सिद्धान्त सम्बन्धी उप-क्षेत्रीय प्रमुख जगतनाथ फुयलले अभिकर्तालाई तालिम प्रदान गरेका थिए । तालिममा जिल्लाका जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो । तालिम पश्चात् सहभागी अभिकर्ताहरूले होलीको शुभकामना साटासाट गरी होली मिलन कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार