इलाममा ६५ जना विद्यार्थीले दिएनन्  एसइई परीक्षा 

विहीबार, १५ चैत्र २०८०
इलाम / आजबाट जारी एसइई परीक्षा दिन इलाम जिल्लामा मात्र ६५ जना अनुपस्थित भएका छन् । सबै प्रक्रिया पुरा गरेर पनि विभिन्न परीक्षा केन्द्रमा परीक्षा दिन सो सङ्ख्यामा विद्यार्थी अनुपस्थित भएका हुन् ।
जसमा ३५ छात्र र ३० छात्रा रहेको बताइएको छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमित र ग्रेड वृद्धितर्फ कुल तीन हजार छ सय १५ जना विद्यार्थीले परीक्षाका लागि फाराम भरेका थिए ।
फारम भरेका मध्येबाटै ६५ जना अनुपस्थित भएको बताइएको छ ।
परीक्षा सञ्चालनका लागि १० वटै पालिकामा २४ वटा परीक्षा तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार