एक दृश्यलाई पृथ्वीराजको तीनदिने उपवास

बुधबार, २१ चैत्र २०८०
मुम्बइ । तमाम अभिनेता या अभिनेत्रीआफ्नो चरित्रका लागि निकै मेहनत गर्छन् । आफ्नो फिल्मको सानोतिनो दृश्यलाई प्रभावशाली बनाउनका लागि कलाकारहरु ज्यान दिएर लाग्छन् । साउथका एक अभिनेताले पनिहालै रिलिज फिल्मको एक सानो दृश्यका लागि तीनदिन खाना पानी केही खाएनन् । यहा सम्मकी आफ्नो शरीरको सबै पानी सुकाउनका लागि यी अभिनेताले सुटका लागि भोड्का पिएका थिए । यी अभिनेता अरु कोही नभई साउथका सुपरस्टार पृथ्वीराज सकुमारन हुन् । पृथ्वीको हालैमात्र फिल्म ‘आदुजी वितम–द गोट लाइफ’ रिलिज भएको थियो । यो फिल्मले थिएटरमा राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मकालगि उनको ३१ किलो वजन पनि घटाएका छन् । फिल्ममा पृथ्वीराजको ट्रान्सफर्मे शनको तारिफ निकै भइरहेको छ । फिल्मको एक न्यूड दृश्यलाई लिएर हैरान गर्ने कुरा सार्वजनिक भएका छ । फिल्मका छायाकार सुनील केएसका अनुसार पृथ्वीराजले उक्त दृश्यमा दुब्लो देखिनका लागि तीनदिन सम्म उपवास मात्र बसेनन्, तेस्रो दिन शरीरमा पानी सुकाउनका लागि भोड्काको एक सट नै पिए । उनलाई लोकेसनमा कुर्सीमा बसाएर लगिएको थियो । उनलाई अन्य कलाकारको सहयोगमा कुर्सीबाट उठाएर दृश्य खिचिएको थियो । ब्लेसीद्वारा लिखित र निर्देशित यो फिल्मले एक सातामा ४० करोड रुपैंयाँको कलेक्सन गरेको छ । फिल्ममा जिमी जीनलुइस र अमलापाल सहायक भूमिकामा छन् । यो फिल्म १६ वर्षमा तयार भएको हो । यसको संकल्पनि र्देशकले पहिलोपटक सन् २००८ मा गरेका थिए । सुकुमारन उक्त वर्षको अन्त्यमा त्यो भूमिका निभाउनकालागि तयार भएका थिए । पृथ्वीराज अब बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । उनी अक्षयकुमार र टाइगर श्राफको प्रतिक्षित फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा भिलेनको भूमिकामा देखिँदैछन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार